समाजवादको कार्यक्रम पारित गर्ने पहिलो पार्टी एकीकृत समाजवादी हो : माधवकुमार नेपाल
सारांश
- माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) लाई नेपालमा समाजवादको कार्यक्रम अघि सार्ने पहिलो पार्टी भने।
- अध्यक्ष नेपालले पार्टीको महाधिवेशनबाट समाजवादको कार्यक्रम अघि सारिएको बताए।
- उनले अन्य पार्टीहरूलाई पनि समाजवादी क्रान्तिका लागि आह्वान गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा समाजवादको कार्यक्रम अघि सार्ने पहिलो पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले शुक्रबार पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘कम्युनिस्ट पार्टीहरूमध्ये यो हाम्रो पार्टी पहिलो हो, जसले समाजवादको कार्यक्रम पारित गरेको छ’, अध्यक्ष नेपालले भने, ‘पहिलो महाधिवेशनबाट समाजवादको कार्यक्रम अघि सारेका छौँ ।’
उनले अरू पार्टीहरूलाई पनि समाजवादी क्रान्तिका लागि आउन आग्रह गरे । निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमै नेपाली समाजको वर्ग विश्लेषण गर्दै रणनीति,कार्यनीति तथा समाजवादी विचारलाई अगाडि सारिएको अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सकारात्मक र क्रान्तिकारी दिशामा अघि बढाउन खोजेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण