देश भित्रकै स्रोत परिचालन गर्न वैकल्पिक वित्त कोष आवश्यक : गभर्नर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको ‘वैकल्पिक वित्त परिचालन सम्बन्धी विधेयक’ को अवधारणालाई सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा विधेयकबारे आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । गभर्नर पौडेलले सरकारको परम्परागत बजेट प्रणाली (आम्दानी र व्ययमा आधारित) को सीमितताका कारण देश भित्रकै स्रोत परिचालन गर्न यस्तो कोष आवश्यक रहेको बताए ।
उनले भने, 'राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रणमा राख्न बजारमा खर्बौँ रुपैयाँ तरलता प्रवाह गरिरहेको छ। यस्तो कोषमार्फत स्वदेशी पुँजी परिचालन गर्न सके सस्तो स्रोत उपलब्ध हुन्छ र ब्याजदर बढ्नबाट रोक्न मद्दत पुग्छ ।'
विधेयकका केही प्रावधानले राष्ट्र बैंकको अधिकार क्षेत्र र मौद्रिक नीतिसँग सोझै ठोक्किने जोखिम रहेको पनि औँल्याए । उनले कोषको नेतृत्व, ऋणपत्र निष्कासनको सीमा र कार्यान्वयन क्षमता जस्ता विषयमा गम्भीर ध्यान दिनुपर्ने बताए ।
विधेयकका केही प्रावधानप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। 'विधेयकले कोषलाई लगभग असीमित रूपमा ऋणपत्र जारी गर्ने अधिकार दिएको छ, जुन राष्ट्र बैंकको अधिकार क्षेत्रसँग ठोकिन्छ,' उनले भने, 'यसले बजारको तरलता र समग्र मौद्रिक व्यवस्थापनमा चुनौती थप्न सक्छ ।'
निर्देशित कर्जा जस्ता विषय पनि राष्ट्र बैंकको क्षेत्राधिकार भित्र पर्ने भएकाले दोहोरोपना आउन नहुनेमा उनले जोड दिए ।
गभर्नर पौडेलले भने, “कोषले जारी गर्ने उपकरणहरूमा सरकारी जमानत आवश्यक पर्छ। विदेशी निकायहरूसँग विश्वासको वातावरण बनाउन पनि सरकारको संलग्नता, विशेष गरी अर्थ मन्त्रालयको नेतृत्व आवश्यक हुन्छ ।’
विगतमा एचआईडीसीएल र निफ्रा जस्ता संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तीतो यथार्थ स्मरण गर्दै उनले कार्यान्वयन पक्ष सबैभन्दा चुनौतीपूर्ण रहेको बताए ।
ठुला आयोजना कार्यान्वयनका लागि आवश्यक परे पहिलो पटकका लागि अनुभव हासिल गरेका विदेशी नागरिकलाई नै नियुक्त गरेर काम गराउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण