बेरुजु नियन्त्रणका लागि सरकारलाई लेखा समितिको ध्यानाकर्षण
सारांश
- सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
- समितिले बेरुजु नियन्त्रणका लागि कानुन कार्यान्वयन र जवाफदेही बनाउन जोड दिएको छ।
- समितिका सभापतिले बेरुजु फर्छ्यौट वर्षका रूपमा अभियान चलाउन सुझाव दिए।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राज्यका निकायहरूलाई बेरुजु फर्छ्यौटप्रति जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न कानुनको पूर्ण कार्यान्वयन गर्न र कार्यसम्पादनमा बेरुजुलाई जोडेर जवाफदेही बनाउनुपर्नेमा जोड दिएको हो।
समितिका सभापति ऋषिकेश पोखरेलले चालू आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट वर्षका रूपमा अभियानकै रूपमा चलाउन सरकारलाई सुझाव दिएको बताए। उनले महालेखा परीक्षकको कार्यालयलाई विभिन्न कार्यालयमा सरुवा हुने लेखासम्बद्ध अधिकारीहरूको पछिल्लो दुई आर्थिक वर्षको कार्यसम्पादन र आगामी कार्ययोजनासहितको प्रतिवेदन समितिमा पेस गर्न निर्देशन पनि दिए।
बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गए पनि फर्छ्यौटको काम पनि अघि बढेको जानकारी गराए। उनले मन्त्रालयको बेरुजु कम गर्न सम्बन्धित सचिवहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
यस्तै, बैठकमा सबैभन्दा बढी बेरुजु भएका १० मन्त्रालयका सचिवहरूले बेरुजु फर्छ्यौटका क्रममा देखिएका समस्याबारे जानकारी गराएका थिए। समितिका सदस्यहरूले पनि कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै पदाधिकारीहरूलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण