बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

शुक्रबार, २३ साउन २०८२, १७ : ०८
शुक्रबार, २३ साउन २०८२

सारांश

  • महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
  • महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको हो।
  • प्रहरी नायब उपरीक्षक सागर बोहराले उक्त जानकारी दिएका हुन्।

दोधारा चाँदनी । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए  । 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप