सामाजिक परिवर्तनको क्षेत्रमा सबैले हातेमालो गरौँ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको बताए ।
उनले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताए ।
आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशील रहेको पनि बताए । सभापति देउवाले भने, ‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएका छन् । संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्यायको काम हुँदै आएको छ । नेपाली काँग्रेसले आफ्नो नीति कार्यक्रम र घोषणापत्रमै प्रतिबद्धता जनाउँदै आएको छ । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशील छ । शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चितता गर्ने समय सान्दर्भिक पहल गर्नुपर्छ । अब सामाजिक परिवर्तनको क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढे निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ ।’
सभापति देउवाले आदिवासी, जनजातिको परम्परा र भेषभुषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण