रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक, हिमालयन एभरेष्ट कम्पनीलाई झड्का
काठमाडौँ । रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक पुगेको छ । गत असार २३ गते नेपाल चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोशी खोलामा आएको बाढी र पहिरोका कारण भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब १ अर्ब रुपैयाँ बराबरको दाबी परेको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन २२ गतेसम्ममा विभिन्न ११ वटा निर्जीवन बीमा कम्पनीमा ७८ वटा दाबीमार्फत कुल ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँ माग गरिएको हो ।
विवरणअनुसार सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा जम्मा २ वटा दाबीमार्फत एक्लैको ५५ करोड रुपैयाँको मागदाबी परेको छ ।
त्यसबाहेक शिखर इन्स्योरेन्सको १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड ४३ लाख सानिमा जीआईसीको ५ करोड ८४ लाख, नेको इन्स्योरेन्सको ५ करोड ६७ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ६५ लाख रुपैयाँ रहेको छ । बाँकी कम्पनीमा भने करोड भन्दा कम नै मागदाबी रहेको छ ।
सम्पत्ति बीमामा सर्वाधिक दाबी
दाबीलाई बीमालेखको प्रकारअनुसार विश्लेषण गर्दा सबैभन्दा ठुलो क्षति सम्पत्तिमा भएको देखिन्छ। सम्पत्ति बीमा अन्तर्गत ६ वटा दाबीमा मात्रै ६१ करोड ४७ लाख रुपैयाँ बराबरको क्षति माग गरिएको छ।
त्यसपछि सामुद्रिक बीमा (सामान ढुवानी) अन्तर्गत ९ वटा दाबीमा २२ करोड ४ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ। यसले रसुवागढी नाका हुँदै हुने व्यापार तथा पारवहनमा समेत ठुलो असर परेको अनुमान गर्न सकिन्छ।
बाढी पहिरोले जिल्लाका विकास आयोजनाहरूमा पनि क्षति पुर्याएको छ। इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ५ वटा दाबीमा ५ करोड ९५ लाखको दाबी परेको छ।
यस्तै, मोटर बीमातर्फ पनि ठुलो सङ्ख्यामा दाबी परेको छ। निजी र सार्वजनिक गरी कुल ५८ वटा सवारी साधनमा क्षति पुगेको भन्दै ९ करोड १३ लाख रुपैयाँभन्दा बढीको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण