नेपाली कांग्रेसका नेता गोकुल सापकोटा रास्वपामा प्रवेश
सारांश
- नेपाली कांग्रेसका नेता गोकुल सापकोटा रास्वपामा प्रवेश गरे।
- रास्वपाले ३२ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको छ, र अझै थप हस्ताक्षर आउने क्रम जारी छ।
- रास्वपाले युवाहरूलाई संगठित गरी रगत उपलब्ध गराउन 'फ्रेस ब्लड डोनर्स नेटवर्क' बनाउने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेको जानकारीसहित बैठकका अन्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा असफल भएको भन्दै आफूले नयाँ विकल्प रोजेको बताए । ’मैले विद्यार्थीकालदेखि कांग्रेसमा रहेर राजनीति गरेँ। व्यवस्थाहरू पनि परिवर्तन भए तर जनताको अवस्था फेरिएन,’ सापकोटाले भने, ’राजनीति गलत ट्र्याकमा गइरहेको र असल नागरिकले न्याय नपाउने अवस्था आएपछि देशका लागि केही गर्नुपर्छ भनेर रास्वपासँग जोडिएको हुँ।’
पत्रकारको प्रश्नमा उनले कांग्रेस लगायतका दलहरूले घोषणापत्रमा राम्रा कुरा लेखे पनि कार्यान्वयनमा चुकेको र पार्टी सही बाटोमा हिँड्न नसकेको आरोप लगाए ।
३२ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन
पत्रकार सम्मेलनमा प्रवक्ता झाले रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानबारे जानकारी दिए। उनका अनुसार, हालसम्म देशभरबाट ३२ लाख ६ हजार ६ सय ८ वटा हस्ताक्षर सङ्कलन भएको छ। झाले यसलाई सङ्कलन भएको तथ्याङ्क मात्र भएको र अझै करिब ८–१० लाख हस्ताक्षर आउन बाँकी रहेको बताए। रास्वपाले सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन गर्दै आएको छ ।
अभियानका क्रममा सहयोग रकम पनि सङ्कलन भएको र त्यो सबै पार्टीको बैंक खातामार्फत पारदर्शी रूपमा राखिएको उनले जानकारी दिए ।
केन्द्रीय समितिका अन्य निर्णयहरू:
- युवाहरूलाई सङ्गठित गरी देशैभर रगत आवश्यक पर्दा तत्काल उपलब्ध गराउन सकिने गरी ’फ्रेस ब्लड डोनर्स नेटवर्क’ बनाउने निर्णय भएको छ ।
- पार्टी सङ्गठनलाई वडा तहदेखि केन्द्रसम्म सशक्त बनाउने कार्य योजना अघि सारिएको छ ।
- निर्वाचन आयोगमा पार्टीको प्रतिनिधित्व गर्ने समितिलाई पूर्णता दिन केन्द्रीय सदस्यहरूबाट नाम सिफारिस गर्न आह्वान गरिएको छ ।
- पार्टीका पदाधिकारी तथा सांसदहरूले तिर्दै आएको लेभीलाई निरन्तरता दिने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण