सेयर बजारमा ‘पर्ख र हेर’को अवस्था, आगामी सातालाई सकारात्मक संकेत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) यो साता उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८५०.३७ अंकमा बन्द भएको छ, जुन अघिल्लो साताको तुलनामा ७२.२६ अंक अर्थात् २.४७ प्रतिशतले कम हो ।
गत साता बजार २९२२.६३ अंकमा बन्द भएको थियो । यो साताको कारोबारसँगै बजार पुँजीकरण ४७ खर्ब ५७ अर्ब पुगेको छ ।
साताभरमा बजार २९२३.८८ को उच्च विन्दु तथा २८२६.८६ को न्यून विन्दुसम्म झर्यो । यसले ९७.०२ अंकको उतारचढाव देखाउँछ । यो उतारचढाव अघिल्लो साताको ११३.३२ अंकको तुलनामा केही कम हो ।
साताभरिको कारोबारमा बजारले निराशाजनक प्रदर्शन गर्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्, जसले कारोबार रकममा समेत असर पारेको छ । साताभरिमा जम्मा ४९ अर्ब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भयो । अघिल्लो साताको ९६ अर्ब ८९ करोड रुपैयाँको तुलनामा ४९.०२ प्रतिशत कम हो ।
कारोबार रकम मात्रै नभएर कारोबार संख्या र कारोबार भएका शेयर संख्या ४०.९३ प्रतिशत र कुल कारोबार संख्या २६.१६ प्रतिशतले गिरावट आएको छ । बजार घट्दो क्रममा रहँदा कारोबार रकम पनि घट्नुले दुईवटा कुराको संकेत गर्छ । पहिलो, खरिदकर्ताहरू हालको मूल्यमा शेयर उठाउन हिच्किचाइरहेका छन्, र दोस्रो, बिक्री गर्नेहरूले पनि थप मूल्य घट्ने डरले हतारमा सेयर बेचेका छैनन् । यसले बजारमा एक किसिमको दिशाहीनता र अन्योलको अवस्था सिर्जना गरेको छ ।
साताको पहिलो दिन आइतबार नै बजार ६३.७३ अंकले घट्नु र १३ अर्बभन्दा बढीको कारोबार हुनुले साताको सुरुवात नै निराशाजनक रहेको स्पष्ट पारेको थियो ।

एउटा बाहेक सबै समूह नकारात्मक
समग्र परिसूचक घट्दैगर्दा यो साता १३ उपसमूहमध्ये १२ उपसमूहका सूचकहरू नकारात्मक रहे । व्यापार समूहको सूचकमा ०.०९ प्रतिशतको नगन्य वृद्धि हुनु बाहेक अन्य समूह नकारात्मक रहेका हुन् ।
सबैभन्दा बढी गुमाउनेमा अन्य समूह ५.२५ प्रतिशतले घटेको छ । यस्तै विकास बैंक समूह ४.४२ प्रतिशत, निर्जीवन बीमा समूह ३.४३ प्रतिशत र वित्त समूह ३.२१ प्रतिशतले घटेका छन् । सबैभन्दा धेरै हिस्सा रहेको बैंकिङ समूहको सूचक पनि १.७४ प्रतिशतले घटेको छ ।
यस्तो छ प्राविधिक विश्लेषण
प्राविधिक दृष्टिकोणबाट हेर्दा नेप्से परिसूचकको छोटो अवधिको मुभिङ एभरेज रेखा लामो अविधको भन्दा तल झरेको देखिन्छ, यसले बजार डाउन ट्रेन्डमा रहेको संकेत गर्छ । एक्स्पोनेन्सियल मुभिङ एभरेज अन्तर्गत ५ दिने र २० दिने एक्सपोनेन्सियल मुभिङ एभरेजभन्दा माथि रहेको छ । यद्यपि नजिक आइपुगेको छ । यसले आगामी दिनमा बजार रिभर्समा जानसक्ने अवस्था देखिन्छ ।
त्यस्तै दैनिक कारोबारमा आधारित आरएसआई ५१.७४ को तहमा छ जुन न्युट्रल जोन हो । यसले बजारमा अत्यधिक बिक्री वा अत्यधिक खरिदको अवस्था देखाउँदैन । एमएसीडी सूचकले साताको सुरुमै स्टपलसको संकेत गरे पनि अहिले यो पनि अनिर्णित नै रहेको देखिन्छ ।
अन्तिम कारोबारसँगै बजारले २८०० देखि २७५० को क्षेत्र बलियो मनोवैज्ञानिक तथा प्राविधिक सपोर्टको रूपमा र ३ हजारदेखि ३ हजार ४० बलियो प्रतिरोध क्षेत्र निर्माण गरेको देखिन्छ ।
कारोबार र घटबढमा कुन सूचक रहे अगाडि ?
गत साता कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । यस कम्पनीको साताभरिमा २ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्स र नेपाल रिइन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साताभरिमा १८.२६ प्रतिशतले वृद्धि भयो र यो साताको शीर्ष कमाउने कम्पनी बन्यो ।
अर्कोतर्फ, सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको सेयर मूल्य १३.२८ प्रतिशतले घटेको देखिन्छ ।
समग्रमा यो साता नेपाली सेयर बजारका लागि निराशाजनक देखिन्छ । सूचकमा आएको गिरावटभन्दा पनि कारोबार रकममा आएको डरलाग्दो संकुचनले लगानीकर्ताको मनोबल कमजोर रहेको स्पष्ट पार्छ । तर बजार अहिले बलियो सपोर्ट जोनको नजिक नजिक आइपुगेकाले लगानीकर्तालाई आशा गर्ने ठाउँ पनि देखिन्छ । घट्दो बजारबिच कारोबार रकम समेत घट्नुले घटेको मूल्यमा बिक्रेताहरु बिक्री गर्न तयार नभएको अवस्था बुझाउन सक्छ ।
बजारको ओबीभी माथिल्लो ट्रेन्डमा गइरहेकाले पनि यसले आगामी दिनमा सकारात्मक संकेत गर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण