१० बजे १० समाचार : राप्रपाको विवादमा पूर्वराजाको चासो, चक्रेको चुनाव लड्ने योजना
काठमाडौँ । आज मिति २०८२ साल, साउन महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचारसहित हामी उपस्थित भएका छौँ–
- रुपन्देही–३ उपनिर्वाचन
रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित ९ जनाको सूची सार्वजनिक गरेको छ ।
- ट्रान्सफर्मर घोटाला मुद्दा
नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर घोटालासम्बन्धी मुद्दा आठ वर्षदेखि सर्वोच्च अदालतमा घुमिरहेको छ । पेसी तोकिने, सुनुवाइ स्थगित हुने र हेर्न नभ्याइने सूचीमा पर्दै यो मुद्दाले सर्वोच्चमा चक्कर लगाइरहेको छ ।
- नाइमा एक्स्पो
तपाईं नयाँ गाडी खरिद गर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारदेखि चलेको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ तपाईंका लागि सही गन्तव्य हुन सक्छ ।
- कर्जा असुली न्यायाधीकरण
सहकारी संस्थाको कर्जा (ऋण) असुलीका लागि न्यायाधीकरण सञ्चालनको तयारी पूरा भएको छ । सहकारी कर्जा असुली न्यायाधीकरणले आवश्यक कार्यविधि तथा कर्जा असुलीका लागि सहकारी संस्थाले दिने निवेदनको ढाँचा पनि तयार गरेको छ । यी कागजपत्र तयार भएसँगै ऋणसँग सम्बन्धित मुद्दा लिन आफूहरु तयारी अवस्थामा पुगेको प्राधिकरणका श्रेस्तेदार कृष्ण सापकोटाले जानकारी दिए ।
- माओवादी निर्णय
नेकपा माओवादी केन्द्रले सङ्गठन निर्माण र विस्तारका सम्बन्धमा ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयसहितको सर्कुलर प्राप्त भइसकेको माओवादी केन्द्रका एक प्रदेश अध्यक्षले शुक्रबार रातोपाटीलाई बताए ।
- माओवादी नेकपा एकता
नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार माओवादीले छिट्टै वार्ता समिति बनाएर एकता प्रक्रियालाई टुङ्गो लगाउने योजना बनाएको छ ।
- अर्थ समिति
नेपालको बैंकिङ प्रणाली र विकास पूर्वाधारमा लगानीका लागि स्थापना भएका संस्था अक्षम भएको निष्कर्ष निकाल्दै सरकारले वैकल्पिक वित्त परिचालनका लागि नयाँ नीति ल्याएको छ ।
- रास्वपा केन्द्रीय समिति बैठक
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ । केन्द्रीय समिति बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका हुन् ।
- हिरासतमा चक्रे
साम्बाला होटलबाट पक्राउ गरेर भद्रकालीमा ल्याउँदा गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) समूहका ४७ जना सँगै थिए । कसलाई मुद्दा लगाउने र कसलाई नलगाउने भन्ने निर्क्यौल गर्न प्रहरी अधिकृतहरू उनीहरूलाई ‘स्क्रिनिङ’ गर्दै थिए ।
- पूर्वराजाको चासो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विवादबारे पूर्वराजा ज्ञानेन्द्र शाहले चासो राखेको पाइएको छ । पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशमशेर राणा नेतृत्वको इतर समूहबिच विवाद बढ्दै गइरहेको बेला पूर्वराजाले चासो देखाएको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण