ईश्रा मिया रास्वपाको केन्द्रीय सदस्यमा पुन: नियुक्त
शुक्रबार, २३ साउन २०८२, १७ : ४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संस्थापक केन्द्रीय सदस्य ईश्रा मुल्ला मियालाई पुन: केन्द्रीय सदस्यमा नियुक्त गरेको छ । हज कमिटीको अध्यक्षमा नियुक्त भएपछि मियाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।
शुक्रबार पार्टि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मियालाई पुन केन्द्रीय सदस्यमा नियुक्त गरेको हो । त्यस्तै पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतमलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता मनिष झाले बताए ।
यस्तै केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई मनोनयन गर्ने निर्णय समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण