माओवादीले तोड्यो वैकल्पिक केन्द्रीय सदस्यको ५० प्रतिशतको सीमा
शुक्रबार, २३ साउन २०८२, १२ : २४
सारांश
- माओवादी केन्द्रले वैकल्पिक केन्द्रीय सदस्यको संख्याको सीमा तोकेको छ।
- पार्टी एकता र समायोजनका कारण सन्तुलन मिलाउन यो निर्णय लिइएको हो।
- अब प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले सदस्य थप्नेछ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हाल कायम वैकल्पिक केन्द्रीय सदस्यको ५० प्रतिशतको सीमा तोडेको छ । पार्टीमा हाल विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान रहेको छ ।
तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउन परेको भन्दै सो सीमा तोडिएको एक नेताले बताए ।
उनका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकबाट केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति जबाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको हो ।
अब वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरुको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण