नाइमा एक्स्पो : २० लाखमै ग्राहकले किन्न पाउँछन् ईभी गाडी, ५० लाखसम्म छुट
सारांश
- काठमाडौंमा ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ, जसमा विद्युतीय सवारी साधनमा छुटको घोषणा गरिएको छ।
- कम्पनीहरूले विभिन्न अफरसहित नयाँ मोडलका गाडीहरूमा ५० लाखसम्म छुट दिइरहेका छन्, जसले ग्राहकलाई आकर्षित गरेको छ।
- एक्स्पोमा म्याक्सस, निसान, जिकर, लिपमोटर लगायतका ब्रान्डका गाडीहरूमा भारी छुट रहेको छ।
काठमाडौँ । तपाईं नयाँ गाडी खरिद गर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारदेखि चलेको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ तपाईंका लागि सही गन्तव्य हुन सक्छ ।
एक्स्पोमा विद्युतीय सवारी साधन (ईभी) मात्र २० लाखमै बिक्रीका लागि राखिएको छ । जहाँ ग्राहकलाई लक्षित गरी कम्पनीहरूले भारी मात्रामा छुट दिँदैछन् । काठमाडौँको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको एक्स्पोमा हिजो बिहीबार अवलोकनकर्ताहरूको भिड लागेको छ । जहाँ दुईपाङ्ग्रे र चारपाङ्ग्रे किन्न र हेर्न आउनेहरू नयाँ नयाँ मोडलहरू हेर्न व्यस्त थिए ।
_18gP31roy8.jpg)
कम्पनीहरूले एक्स्पोमा नयाँ मोडलका गाडीहरूमा भारी छुटसहित मूल्य निर्धारण गरेका छन् । नाइमा एक्स्पोमा सस्तो मूल्यमा ई–साइकलदेखि करोडभन्दा माथि पर्ने अत्यधिक सुविधायुक्त गाडी बिक्रीका लागि राखिएका छन् ।
जहाँ ईभीको वर्चस्व छ र ग्राहकको आकर्षण पनि त्यसमै बढी देखिएको छ । यस्तो गाडी बेच्न कम्पनीहरूबिच ‘प्राइस वार’ नै देखिएको छ । विभिन्न अफरसहित नयाँ मोडलका गाडीहरूमा ५० लाखसम्म छुट दिइएको व्यवसायीहरूले बताएका छन्, जसले ग्राहकहरू उत्साहित देखिएका छन् ।
_PKxQjhceX4.jpg)
नेपालमा जापानी ब्रान्ड केई गाडीको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले एक्सथ्री प्रो इभी’ फ्ल्यागसिप टप भेरियन्टमा पौने ९ लाख रुपैयाँसम्म नगद छुट दिएका छन् ।
कम्पनीले अफरअन्तर्गत केई एक्सथ्री प्रो ईभी फ्ल्यागसिप टप भेरियन्टलाई यसको सुरुआती मूल्य ४८.९६ लाख रुपैयाँबाट घटाएर ३९.९६ लाख रुपैयाँमा उपलब्ध हुने बनाएको छ । यो गाडी २० लाख रुपैयाँमै पनि खरिद गर्न सकिने कम्पनीको दाबी छ ।
_0RRzh1oqBc.jpg)
त्यस्तै, एक्स्पोमा हुन्डाई कम्पनीले ल्याएको म्याक्सस मिफा–७ को १ करोड २५ लाख मूल्य पर्ने विद्युतीय गाडी पनि स्टलमा राखिएको छ । ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकतामा राखेर अफर दिइएको लक्ष्मी ग्रुपका बिक्री प्रबन्धक दीपक थपलियाले बताए । भने, ‘गाडी किन्नु मात्र ठुलो कुरा होइन, गाडी चलाउँदाको अनुभव र त्यसबाट प्राप्त हुने सन्तुष्टि महत्त्वपूर्ण हुन्छ ।’
_31qmqxSCuh.jpg)
उनका अनुसार हुन्डाईले उत्पादनको गुणस्तर र बिक्रीपछिको सेवामा विशेष ध्यान दिँदै आएको छ, जसका कारण आज यो एक लोकप्रिय ब्रान्ड बन्न सफल भएको हो ।
लक्ष्मी ग्रुपले एक्स्पोमा हुन्डाईसहित तीन वटा ब्रान्डका गाडीहरू प्रदर्शनमा राखेको छ । जसमा हुन्डाई, नयाँ ब्रान्ड फोटोन र चेरीको काइ रहेका छन् । ती गाडीहरू ३० लाखदेखि साढे दुई करोड रुपैयाँसम्मका छन् । तर प्रदर्शनीमा भने १ करोड २५ लाखसम्मका गाडीहरू राखिएका कम्पनीले जनाएको छ ।
_6ygy2RaosU.jpg)
थपलियाका अनुसार २० लाखबाट सुरु भई ४३ लाखसम्मका गाडीहरू उपलब्ध छन् । जुन काइ र फोटोन ईभी लाइनअपका गाडीहरू हुन् ।
एक्स्पोमा प्यासेन्जर सेग्मेन्टमा फरथिङ फ्राइडे, बीवाईडी एट्टो वान, महेन्द्रा बीई–६ र एक्सईभी–९, जेक्को जे फाइभ, म्याक्सस मिफा–७ लगायत गाडीमा अवलोकनकर्ताको भिड लागेको छ ।
_MoPleyxAkX.jpg)
नेपालमा लोकप्रिय बनेका ब्रान्डहरू; बीवाईडी, किया, हुन्डाई, निसान, जिकर, लिपमोटर, ओमोडा एन्ड जेक्कोलगायत ब्रान्डहरूले भारी छुट दिएका छन् । यसले पनि एक्स्पोमा उपभोक्ताहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
साङ्ग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले एक्स्पोमा सवारी बुकिङ उत्साहजनक रहेको बताए । ‘यो पटकको एक्स्पोमा गाडी किन्ने मनसाय बोकेका र अटो शो कुरेर बसेका वास्तविक ग्राहकहरूको बाक्लो उपस्थिति छ,’ उनले भने । पहिलो र दोस्रो दिनको समग्र बुकिङ अनुपात राम्रो रहेको उनले बताए ।
_DOrLtENOA9.jpg)
साङ्ग्रिला मोटर्सले लिपमोटर बी–१० मोडलमा आक्रामक मूल्य निर्धारण गरेको बताएको छ । भने, ‘हाम्रो मुख्य उद्देश्य अन्ततः ग्राहकलाई नै फाइदा पुर्याउनु हो ।’
कम्पनीले ५५ र ६० लाख पर्ने बी–१० का दुई भेरियन्टलाई ‘नाइमा स्पेसल’ अफरअन्तर्गत क्रमशः ४९ लाख ९९ हजार र ५६ लाख ९९ हजारमा उपलब्ध गराएको छ । श्रेष्ठका अनुसार हाल ग्राहकले ४०० किलोमिटरभन्दा बढी रेन्ज भएका गाडीहरू खोजिरहेका छन् । यो मूल्यले उक्त सेगमेन्टका ग्राहकलाई आकर्षित गर्ने र बजारमा पनि राम्रो प्रभाव पार्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।
_nS5mrjHIyY.jpg)
एक्स्पोमा फरथिङ फ्राइडेले ओमोडा एन्ड जेक्को, लिपमोटर, जिकर, निसान लिफ, म्याक्सस मिफा–७ लगायत ब्रान्डले मूल्य घटाएको छ ।
म्याक्ससले भने एकै पटक ५० लाखसम्म छुट दिएको छ । निसान लिफले पनि २० लाखले छुट दिएको छ ।
कुन गाडीमा कति छुट ?
_jv3UIFKmsx.jpg)
- म्याक्ससः
मूल्य घटाउने दौडमा म्याक्सस सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले आफ्नो म्याक्सस इटेरोन–९ मा एकैपटक ५० लाख रुपैयाँको भारी छुट घोषणा गरेको छ । पहिले १ करोड ९९ लाख ९० हजार रुपैयाँ पर्ने यो गाडी अब १ करोड ४९ लाख ९० हजार रुपैयाँमा उपलब्ध हुनेछ । यद्यपि, कम्पनीको म्याक्सस मिफा–७ को मूल्य भने यथावत् (१ करोड २५ लाख) राखिएको छ।
- निसानः
निसानले आफ्नो लोकप्रिय ईभी निसान लिफको मूल्यमा २० लाख रुपैयाँ घटाएको छ । पहिले ६५ लाख रुपैयाँमा बिक्री हुँदै आएको यो गाडी अब ४५ लाखमा खरिद गर्न सकिनेछ ।
_qdiGuWzrpS.jpg)
- जिकरः
जिकर ब्रान्डले पनि आफ्नो गाडीमा १५ लाख रुपैयाँको छुट दिएको छ । ८४ लाख ९९ हजार रुपैयाँ पर्ने यो गाडी अब ६९ लाख ९९ हजार रुपैयाँमा झरेको छ ।
_1i3I2B2qE3.jpg)
- लिपमोटरः
लिपमोटरले आफ्नो सी–१० मोडलमा १० लाख १ हजार रुपैयाँको छुट दिएको छ । ६० लाख पर्ने यो गाडीको अफर मूल्य ४९ लाख ९९ हजार तोकिएको छ । त्यस्तै, सी–११ मा ७ लाख १ हजार र टी–०३ मा ६ लाख १ हजार रुपैयाँ छुट छ ।
कायवीः कायवी–३ एक्स प्रोमा ९ लाख रुपैयाँ छुट दिइएको छ । जसको मूल्य ४८ लाख ९६ हजार रहेको र ३९ लाख ९६ हजार तोकिएको हो । फोर्डिङ फ्राइडेले लक्जरी र एक्सक्लुसिभ दुवै मोडलमा ८/८ लाख रुपैयाँ, ओमोडा ई–५ मोन टोन र डुअल टोन दुवैमा ७/७ लाख रुपैयाँ छुट दिएको छ । त्यस्तै, जेको जे–६ र जे–७ दुवै मोडलमा ४/४ लाख रुपैयाँ छुट दिएको छ ।
- जीडब्लुएम
नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले ट्यांक–५०० गाडी नाइमा एक्स्पोमा प्रदर्शनमा राखेको हो । जसको मूल्य २ करोड १६ लाख रुपैयाँ छ । यो नै एक्स्पोको सबैभन्दा बढी मूल्य पर्ने गाडी हो । नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्लुएम) को बिगसाइज एसयूभी एक्स्पोमा रहेका महँगा गाडी मध्येमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण