म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती
सारांश
- तनहुँको म्याग्दे गाउँपालिका-७ माझिलाङमा कोदोको पकेट क्षेत्र बनाइँदैछ।
- गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गर्न विभिन्न नीतिहरू ल्याएको छ र सामूहिक खेती सुरु गरिएको छ।
- बजारमा कोदोको माग बढेको र यसको खेती कम लागतमा गर्न सकिने तथा भण्डारणमा पनि सजिलो हुने बताइएको छ।
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ ।
यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । यसअगाडि यस ठाउँमा कृषकले एक्लाएक्लै रूपमा कोदो रोप्ने गरेपनि यसपटकदेखि भने सामूहिक रूपमा कोदो खेतीलाई अगाडि बढाइएको उनको भनाइ छ ।
उनका अनुसार यहाँ गाउँपालिकाको सहयोगमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ । उनले भने “पहिला पनि यहाँ मकै र कोदो खेती हुन्थ्यो, तर अहिले कृषकलाई सङ्गठित रूपमा कोदो खेतीमा आकर्षित गर्न खोजेका हौँ ।” माझिलाङ र हर्षपुरमा कोदो खेती हुने गरेको छ ।
म्याग्देका अन्य वडामा भन्दा यस क्षेत्रमा कोदो राम्रो उत्पादन हुने गरेको छ । यहाँका कृषकलाई आवश्यक उपकरण पनि प्रदान गरिएको छ ।
बजारमा कोदोको राम्रो माग रहेको जनाउँदै उनले भने, “पहिला पहिला कोदो लुकेर खाने प्रचलन थियो, आजभोलि परिस्थिति फेरिएको छ, हुने खानेले पनि कोदोको प्रयोग गर्ने अवस्था बढेको छ ।”
माझिलाङ कृषक समूहका अध्यक्ष श्याममाया नाम्जाली दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो रोपिएको जानकारी दिए । उनका अनुसार विगतमा छुट्टाछुट्टै रूपमा कोदो खेती गर्ने गरिएको थियो ।
म्याग्दे गाउँपालिकाकाले कोदो खेतीलाई प्राथमिकतामा राखेको जनाउँदै अन्य वडामा पनि यसलाई विस्तार गरिने स्पष्ट पारेको छ ।
कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले यसको खेतीमा फाइदा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण