ट्रम्प र पुटिन अर्को हप्ता अलास्कामा भेट्ने
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिन युक्रेन युद्धबारे छलफल गर्न अलास्कामा भेट्ने भएका छन्।
- ट्रम्पले युक्रेनले युद्ध अन्त्यका लागि केही भूभाग छोड्नुपर्ने संकेत गरेपछि बैठकको घोषणा भएको हो।
- क्रेमलिनका प्रवक्ताले अलास्कालाई उपयुक्त स्थान बताएका छन् र ट्रम्पलाई रुस भ्रमणको निम्तो दिएका छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको भविष्यबारे छलफल गर्न आगामी शुक्रबार अलास्कामा भेट गर्ने भएका छन्। ट्रम्पले अगस्ट १५ मा हुने बैठकको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।
त्यसपछि क्रेमलिनका प्रवक्ताले समेत बैठकको पुष्टि गर्दै अलास्का ‘रुसको नजिक भएकोले उपयुक्त स्थान’ भएको बताए। प्रवक्ताले ट्रम्पलाई दोस्रो शिखर बैठकका लागि रुस भ्रमण गर्न निमन्त्रणा पनि दिइएको बताए। यस विषयमा युक्रेनको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
बैठकको घोषणा ट्रम्पले युक्रेनले युद्ध अन्त्यका लागि केही भूभाग छोड्नु पर्न सक्ने सङ्केत दिएको केही घण्टापछि भएको हो। सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तीन वर्षभन्दा बढी समयदेखि जारी छ।
‘तपाईँहरूले हेर्दै गर्नुभएको भूभाग तीन वर्षभन्दा बढी समयदेखि लडाइँ भइरहेको क्षेत्र हो। धेरै रुसी मारिएका छन्, धेरै युक्रेनी मारिएका छन्,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भने, ‘यो धेरै जटिल छ। केही भूभाग फिर्ता ल्याइनेछ, केही साटासाट गरिनेछ। यसले दुवै पक्षको हितमा हुनेछ।’
ट्रम्पले प्रस्तावको विस्तृत विवरण भने दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण