अजरबैजान र आर्मेनियाबिच ऐतिहासिक शान्ति सम्झौता
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको पहलमा अजरबैजान र आर्मेनियाले दशकौँ पुरानो द्वन्द्व अन्त्य गर्न सम्झौता गरे।
- ह्वाइट हाउसमा आयोजित समारोहमा दुवै देशका राष्ट्रपति र प्रधानमन्त्रीले सम्झौतामा हस्ताक्षर गरे, जसलाई ऐतिहासिक भनियो।
- सम्झौताअनुसार दुवै देशले युद्ध अन्त्य गर्ने, व्यापार र कूटनीतिक सम्बन्ध खोल्ने प्रतिबद्धता जनाए।
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अजरबैजान र आर्मेनियाले दशकौँ पुरानो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा आयोजित समारोहमा अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ र आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले हात मिलाउँदै सम्झौता पक्का गरेका हुन्।
राष्ट्रपति ट्रम्पले यसलाई ‘ऐतिहासिक’ क्षण बताउँदै भने, ’यो धेरै समयदेखि प्रतीक्षामा थियो।’ ट्रम्पका अनुसार, सम्झौता मार्फत दुवै देशले ‘सधैंका लागि’ युद्ध अन्त्य गर्ने, यात्रा, व्यापार र कूटनीतिक सम्बन्ध खोल्ने वाचा गरेका छन्।
सम्झौता अन्तर्गत दुवै देशबिचका केही महत्त्वपूर्ण यातायात मार्ग पुनः खुल्नेछन् र अमेरिकी प्रभाव क्षेत्र बढ्नेछ। अजरबैजान र आर्मेनियाबीचको विवाद सन् १९८० र ९० को दशकमा नागोर्नो–काराबाख क्षेत्रमा भएको युद्धपछि चर्किएको हो। पछिल्ला वर्षहरूमा पनि समय–समयमा हिंसात्मक झडप भइरहेका थिए।
राष्ट्रपति अलीयेभले भने, ‘हामीले युद्ध, कब्जा र रगतपातमै धेरै वर्ष गुमायौँ। अब हामी शान्ति स्थापित गर्दैछौँ। प्रधानमन्त्री पशिन्यानले यसलाई ‘दुई देशको सम्बन्धमा महत्त्वपूर्ण मोड’ भनेका छन्।
समारोहमा ट्रम्पले थपे, ‘३५ वर्ष लडे, अब उनीहरू साथी बनेका छन् र धेरै समयसम्म साथी रहनेछन्।’ ह्वाइट हाउसका अनुसार, सम्झौताका भागस्वरूप अमेरिका दुवै देशलाई जोड्ने प्रमुख यातायात करिडोर निर्माणमा सहयोग गर्नेछ, जसको नाम ‘ट्रम्प रुट फर इन्टरनेशनल पीस एण्ड प्रोस्पेरिटी’ राखिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण