चाडपर्वहरूले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछन् : राष्ट्रपति पौडेल
शनिबार, २४ साउन २०८२, ११ : ०६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूणिर्माको अवसरमा शुभकामना व्यक्त गरे।
- उनले यो पर्वले नेपालीहरूबीचको सम्बन्ध र सद्भाव बढाउने विश्वास व्यक्त गरे।
- राष्ट्रपति पौडेलले पर्वले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउने बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूणिर्मा, ऋषितर्पणी एवम् रक्षावन्धनको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मङगलमय शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवम् रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीहरूबिच आपसी सम्बन्ध र सदभाव प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
जनैपूणिर्मा एवम् ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वहरूले आपसमा मित्रता, प्रेम र सदभाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण