अपडेट
कैलाली कारागार घटना : गृहमन्त्री लेखकले छलफलका लागि सुरक्षा निकायका प्रमुखलाई बोलाए
शनिबार, २४ साउन २०८२, १७ : १७
सारांश
- कैलालीको धनगढी कारागारमा कैदीबन्दीबीचको झडपपछि गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछन्।
- शनिबार राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
- गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा गृहसचिव र अन्य उच्च अधिकारीहरू सहभागी हुनेछन्।
काठमाडौँ । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।
कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् । कैदीबन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरूको धनगढीमै उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण