बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माधव र  झलनाथबिचको दोहोरी बेमौसमको बाजा जस्तो भयाे : चन्द्र भण्डारी

शनिबार, २४ साउन २०८२, १७ : ४१
शनिबार, २४ साउन २०८२

सारांश

  • चन्द्र भण्डारीले माधवकुमार नेपाल र झलनाथ खनालको विवादलाई बेमौसमको बाजासँग तुलना गरे।
  • भण्डारीले दुई नेताको दोहोरी राष्ट्र र जनहितसँग सम्बन्धित नभएको बताए।
  • उनले नेताहरूलाई नयाँ पुस्ताका लागि आदर्श बन्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिचको विवाद बेमौसमको बाजाजस्तो बनेको बताएका छन् । नेता भण्डारीले नेपाल र  खनाल बिचको दोहोरी राष्ट्र र जनहितसँग कुनै साइनो नभएको समेत बताए ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता भण्डारीले दुई नेताबिचको दोहोरी पटक्कै नसुहाएको समेत बताएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारीले अप्ठ्यारो समयमा पार्टीको नेतृत्व गरी  प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका, यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाइसकेको नेताको यो शैली ठिक नभएको समेत बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्–

पटकै सुहाएन !!!

अफ्ठ्यारो समयमा पार्टोको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका , यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयॅा पार्टी बनाएका !!! आदरणिय माधव नेपालजी र आदरणिय झलनाथ खनालजी बिचको दोहोरी ( ? ) राष्ट्र , जनहितसॅग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ । नयॅा पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नु पर्नेमा पद अनुसारको यो शैली भएन !!! प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ !!! सुहाएन !!! तपाईहरु हाम्रो पनि नेता हो !!! नयॅा पिंढीले के सिक्ने ? के अनुशरण गर्ने ?

 

Capture

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप