नाइमा एक्स्पोको समय थपियो, चार दिनमा ६९ हजारले गरे अवलोकन
सारांश
- भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' को अवधि एक दिन थप गरिएको छ।
- अपेक्षाकृतरुपमा धेरै दर्शक आएका कारण प्रदर्शनीको अवधि थपिएको नाइमाले जनाएको छ।
- शनिबार सबैभन्दा धेरै दर्शकले एक्स्पोको अवलोकन गरेका थिए र प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहेको छ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समयावधि थप भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको उक्त एक्स्पोको अवधि सोमबारसम्म थप भएको हो । बुधबार सुरु भएको उक्त एक्स्पो यसअघि आइतबारसम्म चल्ने उल्लेख गरिएको थियो ।
नाइमाले एक्सपोमा अपेक्षाभन्दा बढी दर्शकको आगमन भएको र यसले प्रदर्शनीस्थलमा रौनकता छाएको दाबी गरेको छ । पाँच दिन खुल्ने भनिए पनि अवलोकनकर्ताको मागलाई सम्बोधन गर्न गाह्रो भएपछि एक दिन प्रदर्शन अवधि थप गरेको छ ।
नाइमाले प्रदर्शनीको दिनमध्ये शनिबार सबैभन्दा धेरे अवलोकनकर्ता आएको समेत जनाएको छ । अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता नाइमाले जनाएको छ । मुसलधारे पानीका बाबजुद एक्स्पो निर्बाध सञ्चालन भएको र सवारी साधन अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको नाइमाको दाबी छ ।
प्रदर्शनीको पहिलो ४ दिनमा ६९ हजार ५०० जनाले अवलोकन गरेको नाइमाले जनाएको छ । त्यसमध्ये पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५०० र चौथो दिन शनिबार २१ हजार ५०० अवलोकनकर्ताले एक्स्पोमा सहभागिता जनाएको नाइमाको तथ्याङ्क छ । एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण