नेपाल–भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल–भारतबिचको खुला सीमाको दुरुपयोग हुने गरी कुनै प्रकारको आतङ्कवादी गतिविधि हुनु नहुने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आतङ्कवादलाई जन्मन दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतङ्क सिर्जना गर्ने गरेको बताए ।
आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतङ्क सिर्जना गरिएको प्रमाण भएको बताए ।
कुनै पनि नाममा गरिएको आतङ्कवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उनको भनाइ छ । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतङ्क हुन नहुने बताए ।
नेपाल—भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए ।
उनले भने, ‘आतङ्कवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतङ्क पनि सिर्जना हुन्छ । व्यक्ति आतङ्क, राज्य आतङ्क, समूह आतङ्क विभिन्न हुन्छन् । राज्य आतङ्क पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतङ्कपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् । आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको चलाइ, छाती र निधारमा गोली हान्नेलाई राज्य आतङ्क भन्ने की नभन्ने । कारणमा पनि ध्यान जानुपर्छ । आतङ्कवाद भनेको कुरा ठिक होइन । कुनै पनि नाममा गरिएको आतङ्कवादको समर्थन गर्न र राम्रो मान्न सकिँदैन । त्यसको विरुद्धमा उत्रिनुपर्छ । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र देखियो । यो धर्तीमा कुनै प्रकारका आतङ्कवाद, कुनै प्रकारको आतङ्कवादी गतिविधि बढावा हुने काम यो धर्तीमा हामी बसेका छौँ,यसबाट हुनु हुँदैन । नेपालको खुला सीमाको दुरुपयोग भएको छ । भनिराख्नु पर्दैन । राज्य पक्ष संवेदनशील हुनुपर्छ । नेपाल—भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध होइन । खुला सीमाको दुरुपयोग हुने गरी कुनै प्रकारको आतङ्कवादी गतिविधि नेपालको धर्तीबाट हुनु हुँदैन ।’
पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण