नेपालको पोस्टमा उत्तर कोरियाको ११ गोल
सारांश
- एएफसी यू-२० महिला एसिया कप छनोटमा नेपाल उत्तर कोरियासँग ११-० गोलले पराजित भयो।
- भुटानमा भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्यो।
- नेपालले साउदी अरबलाई हराए पनि उत्तर कोरियासँगको हारले अघिल्लो चरणको यात्रा रोकियो।
काठमाडौँ । एएफसी यू–२० महिला एसिया कप छनोटको अन्तर्गत अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार व्यहोरेकाे छ । आइतबार भएको तेस्रो खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोल अन्तरले पराजित भएको हो ।
भुटानको चाङलिमिथाङ स्टेडियममा पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गर्दै जित निकालेको थियो । नेपाल यो हारसँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।
प्रतियोगितामा नेपालले एक खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने अर्को खेलमा जित निकालेको थियो । नेपालले दोस्रो खेलमा साउदी अरबलाई पराजित गरेको थियो ।
आजको खेलमा नेपाललाई पराजित गरेसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्न सफल भयो ।
उत्तर कोरियाले साउदी अरबलाई १५–० गोलले हराउँदा भुटानलाई १०–० ले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण