महिला अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध : देउवा
आइतबार, २५ साउन २०८२, १५ : ४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महिलाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला’ कार्यक्रममा उनले संविधानमा नै महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताए ।
‘राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महिलाको उपस्थिति सुनिश्चित गर्ने संविधान कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएर कार्यान्वयनमा छ,’ सभापति देउवाले भने ।
२०१५ सालमा कांग्रेसको नेतृत्वमा बनेको सरकारले द्वारीकादेवी ठकुरानीलाई मन्त्री बनाएको पनि देउवाले बताए । समावेशिता र समानुपातिक प्रतिनिधित्वसँगै महिला प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण