जलवायु परिवर्तनको मुद्दा बोकेर इन्डोनेसियाको हिमाल आरोहण गर्दै पर्वतारोही पाण्डे
काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्स्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दै छन् ।
विश्वमा देखिरहेको जलवायु परिवर्तनको मुद्दा बोकेर पाण्डे इन्डोनेशियाको हिमाल आरोहणमा निस्कन लागेका हुन् । इन्डोनेशिया जानुअघि पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिएका थिए । पाण्डे ११ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्दै छन् ।
मकालु आउटफिटले सघाएको पर्वतारोही पाण्डेको यस अभियानमार्फत सदाझैँ जलवायु परिवर्तनको मुद्दा उठाउने उनले बताए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूबारे आरोहण गर्ने हिमाल रहेको देश एवं अन्तर्राष्ट्रिय रूपमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने प्रयास आफूले गरिरहेको उनले बताए ।
पर्वतीय देशको बासिन्दा भएका कारणले जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगेको हुँदा यसबारे जनचेतना जगाउन र नीति निर्माणमा घचघच्याउनु आफ्नो कर्तव्य रहेको उनले बताए ।
सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका विभिन्न हिमालसहित दर्जनको सङ्ख्यामा सफल आरोहण गरिसकेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान सुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउन्ट एलब्रस आरोहण गरेका थिए ।
यस्तै सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए । उनले यसै वर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसकेका छन् ।
रामेछाप लिखु तामाकोशी– ७, तिल्पुङका पाण्डे हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरी पर्वतारोहण एवं सामाजिक जीवनमा सक्रिय छन् । उनले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेका थिए ।
त्यसयता निरन्तर हिमालहरू चढिरहेका पाण्डेले सेभेन समिटको विशेष अभियानको सुरुवात गरी नियमित अन्तरालमा महादेशीय उच्च हिमालको आरोहण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण