साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
सारांश
- एन्फाले साफ यु-१७ महिला च्याम्पियनसिप खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
- भुटानमा २० देखि ३१ अगस्टसम्म हुने प्रतियोगितामा नेपालले भारत, बङ्गलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपालले अगस्ट २० मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आइतबार प्रतियोगिता खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।
एन्फाले बन्द प्रशिक्षणबाट बोलाएको ३५ खेलाडीबाट टिम छनोट गरेको हो । प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुनेछ ।
डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बङ्गलादेशले सहभागिता जनाउने छन् । नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपाली टोली
गोलरक्षक : झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ
डिफेन्डर : दीक्षा रायमाझी, समझ चन्द, अलिजा कुमारी बि.के, ज्ञानु डोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु बि.के
मिडफिल्डर : डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बि.के र सहारा लिम्बु
फरर्वाड : बत्तिका कार्की, भूमिका बुढाथोकी, आशिका कार्की, सृजना बडुवाल
अस्मिता मगर, याम कुमारी बि.के, अनिता राणा मगर र दीक्षा रणपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण