‘समृद्ध कर्णालीका लागि युवा’ बहस हुँदै
सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘समृद्ध कर्णालीका लागि युवा’ भन्ने विषयमा प्रदेशस्तरीय बहसको आयोजना गरिएको छ ।
कर्णालीमा यस्तो बहस हुन लागेको पहिलो पटक हो ।यसअघि राजनीतिक दलका नेता, सम्बन्धित सरोकारवालाहरूबिच बहसहरू हुने गरे पनि यो पटक विशुद्ध युवाहरूबिच बहस गर्न लागिएको हो ।
कर्णाली युथ सोसाइटीको आयोजनामा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार हुने छ ।कर्णाली युथकी अध्यक्ष सुप्रिया शाहीले ‘अब युवालाई सुनौँ’ भन्ने मूल नारासहित कर्णालीका युवाको विचार, सुझाव र भूमिकालाई नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।
उनका अनुसार बहसमा ६ जना युवाहरू वक्ता रहेका छन् । वक्ताहरुमा मनोसामाजिक परामर्शकर्ता शर्मिला बिसी, रवीकिरण हमाल, प्रतिमा केसी, दिपेश शाही ठकुरी, प्रकाश खड्का र आदर्श विक्रम सिंह ठकुरी छन् ।
उल्लेखित युवाहरूमध्ये रवीकिरण हमाल राप्रपामा कान्छा केन्द्रीय सदस्य हुन् । प्रतिमा केसी एमाले निकट विद्यार्थी सङ्गठनमा छिन् भने बाँकी युवाहरू राजनीतिक दलसँग आबद्धता नभएर कर्णालीमा युवा उत्प्रेरणा अभियान सञ्चालन गरिरहेका छन् ।
आदर्श विक्रम सिंह र दिपेश शाहीले विभिन्न विद्यालयहरूमा उत्प्रेरणा अभियान सञ्चालन गर्दै आएका छन् । उनीहरुले कर्णालीको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक विकासमा युवाको भूमिका र सम्भावनाबारे धारणा प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायत अन्य प्रदेश सांसदहरूको पनि उपस्थिति रहने बताइएको छ ।
बहस कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट युवा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण