सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘उदयपुर फाइल्स’का निर्मातालाई ज्यान मार्ने धम्की

सोमबार, २६ साउन २०८२, ०६ : ४५
सोमबार, २६ साउन २०८२

सारांश

  • फिल्म 'उदयपुर फाइल्स' का निर्माता अमित जानीले ज्यान मार्ने धम्की पाएका छन्।
  • धम्की दिने व्यक्तिले आफूलाई बिहारको तबरेज भएको दाबी गरेको र बम विष्फोट गर्ने धम्की दिएको छ।
  • अमित जानीले प्रधानमन्त्री र गृहमन्त्रीलाई ट्याग गर्दै मुद्दा दर्ता गरी कारबाहीको माग गरेका छन्।

मुम्बई । फिल्म ‘उदयपुर फाइल्स’ का निर्माता अमित जानीले आफूलाई लगातार ज्यान मार्ने धम्की आइरहेको दाबी गरेका छन्। 

उनले आफ्नो एक्स अकाउन्टमार्फत जानकारी दिँदै एक नम्बरबाट उनलाई बम विष्फोट गर्ने, गोली हान्ने धमकीसहित गालीगलौज भइरहेको छ। धम्की दिने व्यक्तिले आफूलाई बिहारको तबरेज नामक व्यक्ति भएको दाबी गरेको पनि उनले लेखेका छन्।

अमितले उक्त पोस्टमा केन्द्रीय गृहमन्त्री, प्रधानमन्त्री, उत्तर प्रदेश प्रहरी तथा राज्य सरकारका अधिकारीहरूलाई ट्याग गर्दै घटनाको मुद्दा दर्ता गरी धम्की दिने व्यक्तिलाई पक्राउ गर्न माग गरेका छन्। गत महिना मात्र केन्द्र सरकारले अमितलाई दिल्ली र उत्तर प्रदेशमा वाई–क्याटेगरीको हतियारधारी सुरक्षा प्रदान गरेको थियो। यसअघि सर्वोच्च अदालतले पनि जानीलाई प्रहरीसँग सम्पर्क गर्न र सुरक्षा माग गर्न अनुमति दिएको थियो ।

यो फिल्म २०२२ मा उदयपुरमा दर्जी कन्हैयालालको हत्या घटनामा आधारित छ। कन्हैयालाललाई भाजपा पूर्व नेतृ नूपुर शर्माको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि तीन वर्षअघि क्रूरतापूर्वक हत्या गरिएको थियो।

पुलिस रिपोर्टअनुसार, मोहम्मद रियाज अत्तारी र गौस मोहम्मद नामका मुख्य आरोपी कपडा सिलाउने बहानामा कन्हैयालालको पसलमा प्रवेश गरी धारिलो हतियारले आक्रमण गरेर उनको घाँटी रेटेका थिए। यस घटना उनीहरूले भिडियोमा कैद गरी अपराधको जिम्मेवारी लिँदै सामाजिक सञ्जालमा फैलाएका थिए।

फिल्मको निर्देशन भरत एस. श्रीनेत र जयन्त सिन्हाले गरेका हुन् भने निर्माता अमित जानी हुन्। कन्हैयालालको भूमिकामा अभिनेता विजय राज देखिएका छन्। साथै रजनीश दुग्गल र प्रीति झांगियानीले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप