सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजको राशिफल

सोमबार कुन राशिका लागि शुभ ?

सोमबार, २६ साउन २०८२, ०५ : ३०
सोमबार, २६ साउन २०८२

सारांश

  • आजको दैनिक राशिफल अनुसार मेष राशिका व्यक्तिले परिवारमा प्रशंसा पाउनेछन् र आर्थिक लाभ हुनेछ।
  • वृष राशिका व्यक्तिले व्यापार र सेयर बजारमा लगानीबाट राम्रो आम्दानी गर्न सक्नेछन्, पढाइमा सफलता मिल्नेछ।
  • कर्कट राशिका लागि स्वास्थ्यमा समस्या आउन सक्ने र माया प्रेममा मनमुटाव हुने सम्भावना रहेको छ।

वि.सं.२०८२ साल साउन २६ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट ११ तारिख । नेपाल संवत् ११४५ ।

सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–द्वितीया, १४ घडी ५७ पला, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त तृतीया । नक्षत्र–शतभिषा, २३ घडी ३५ पला, दिउसो २ बजेर ५८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा  ।

योग– अतिगण्ड, ४७ घडी २१ पला, रातको १२ बजेर २९ मिनेट उप्रान्त सुकर्मा । करण–गर, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँ सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेट । दिनमान ३२ घडी ५८ पला ।  

आजको बार बेला  

  • बिहान ५ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ११  मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर १२ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ५१ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म उद्वेग बेला ।
  • मध्यान्ह १२ बजेर ९ मिनेटदेखि दिउसो १ बजेर ४७ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर ४८ मिनेटदेखि दिउसो ३ बजेर २६ मिनेटसम्म लाभ बेला ।
  • दिउसो ३  बजेर २७ मिनेटदेखि बेलुकी ५ बजेर ५ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर ६ मिनेटदेखि बेलुकी ८ बजेर ५ मिनेटसम्म चर बेला ।

नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ११ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ५७ मिनेटदेखि बिहान ४ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापार तथा सेयर बजारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार तथा सेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । कला क्षेत्र तथा हास्य विधामा भरपुर मनोरञ्जन दिन वा लिन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ कै सन्दर्भमा लामो दूरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । वित्तीय बजारमा लगानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी  वा खर्च गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । निर्माण सामाग्रीको व्यापार तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । विलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा सेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार र सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सहयोगी तथा प्रतिस्पर्धीहरुले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरू भन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ ।  
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उद्योग, सेयर बजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ । हास्य विधा वा मनोरञ्जनको क्षेत्रमा समय खर्च गरी सन्तुष्ट हुने समय रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । खाद्यान्न, विलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन, हास्य विधा तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरी हरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागी पद प्राप्तिको योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घटनाहरू हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तर पनि लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप