विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग
सारांश
- निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट 'गैरनाफामूलक' बनाइने प्रावधान हटाउन माग गरेका छन्।
- प्याब्सन, एनप्याब्सन लगायतका सङ्गठनहरूले पत्रकार सम्मेलन गर्दै उक्त व्यवस्था हटाउन माग गरेका हुन्।
- उनीहरूले साउन २८ गतेभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् ।
आइतबार निजी विद्यालयका सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
प्याब्सनका महासचिव आरबी कटुवालले भने, “विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानुनी व्यवस्था विपरीत छ ।” उनले विधेयकमा पूर्ण छात्रवृत्ति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने भन्ने विषय कम्पनी कानुनको भावना र मर्म विपरीत रहेको दाबी गरे।
उनीहरुले यही साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने समेत जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण