एभरेष्ट बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने क्षमता
सारांश
- एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने वित्तीय विवरण सार्वजनिक गरेको छ।
- बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको लाभांश बाँड्न सक्ने र ४ अर्ब ९१ करोड खुद नाफा कमाएको जनाएको छ।
- बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३२.७१ प्रतिशतले वृद्धि भएको छ, जसले आम्दानी बढेको र निष्क्रिय कर्जा घटेको देखाउँछ।
काठमाडौँ । एभरेष्ट बैंकले ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा गरेको कारोबारमा आधारित वित्तीय विवरणमा वितरणयोग्य नाफा ३८.२७ रुपैयाँ बराबर देखिएको हो ।
हाल बैंकसँग १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । बैंकले यो वर्ष ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको लाभांश बाँड्न सक्ने देखाएको छ ।
बैंकले यो वर्ष ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । तर, नियामकीय समायोजनको रकम रिभर्सलमा रहेका कारण बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब ७० करोड नाफा कमाएको थियो । यो वर्ष बैंकको नाफामा ३२.७१ प्रतिशतको वृद्धि देखिएको हो ।
बैंकले यो वर्ष सबै प्रकारका आम्दानी बढाएको छ भने निष्क्रिय कर्जाको हिस्सा घटाएको छ । कर्मचारी तथा सञ्चालन खर्चमा पनि सामान्य वृद्धि भएको देखिन्छ । बैंकले २ अर्ब ९८ करोड बचत संकलन गरी २ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकमा १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको रिजर्भ फन्ड रहेको छ । यस अनुसार बैंकको नेटवर्थ प्रतिशेयर २४७.३९ रुपैयाँ रहेको देखिन्छ ।
बैंकसँग १३.२८ प्रतिशतको पुँजीकोष, ०.३८ प्रतिशत बराबरको निष्क्रिय कर्जा अनुपात, ५.३६ प्रतिशत बराबरको आधार दर र १६.४४ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण