काठमाडौँको ग्रिल कारखानामा करेन्ट लागेर युवकको मृत्यु
सोमबार, २६ साउन २०८२, १२ : ००
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, बर्दियाको मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर विक आफ्नै घर नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, दाङको बंगलाचुली गाउँपालिका-७ जागुने बस्ने ७३ वर्षीय भक्तबिर बाठा मगर सोही ठाउँस्थित सात तले सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण