मादीमा बेपत्ता युवक भेटिएनन्
सोमबार, २६ साउन २०८२, १२ : २७
सारांश
- व्यास नगरपालिका ७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्।
- ४० वर्षीय हरि परियार साथीहरूसँग पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।
- सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी जारी राखे पनि युवक फेला परेका छैनन्।
तनहुँ । व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन् । व्यास नगरपालिका–१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीभाइसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी जारी राखे पनि उनी नभेटिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । मादीमा पानीको बहाव बढिरहेकाले खोजी गर्न कठिनाइ भएको छ । परियार नेपाल टेलिकम दमौली शाखामा सवारीचालक पदमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण