वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छ : विराजभक्त श्रेष्ठ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताए।
- उनले सरकारले ल्याएको विधेयकले आइटी क्षेत्रलाई नसमेटेको भन्दै आपत्ति जनाए।
- सांसद श्रेष्ठले ट्रेजरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत सोच्नुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी सरकारले बनाउन लागेको कानुनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताएका छन्।
अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा श्रेष्ठले विधेयकले आइटी क्षेत्रलाई समेट्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
सांसद श्रेष्ठले भने– ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी सरकारले बनाउन लागेको यो कानुनले आइटीलाई छोएको देखिएन । पुरातन शैलीको सोचबाट विधेयक ल्याएको देखियो । यसरी विधेयक ल्याएर हुँदैन । आइटी क्षेत्रलाई समेट्नुपर्छ । वैकल्पिक वित्त परिचालनको क्षेत्रमा जुन कुराहरू राखिएको छ, ती अहिलेकै संरचनाबाटै गर्न सकिन्छ भने छुट्टै संरचना किन आवश्यक पर्यो । सरकारले स्पष्ट पार्नुपर्छ ।’
उनले ट्रेजरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत विधेयकले सोच्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण