बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उषाकिरणले राजीनामा दिएको थाहा छैन : रघुवीर महासेठ

सोमबार, २६ साउन २०८२, १४ : ०७
सोमबार, २६ साउन २०८२

सारांश

  • एमाले परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले उषाकिरण भण्डारीको राजीनामाबारे आफूलाई थाहा नभएको बताए।
  • उषाकिरण नेकपा एमाले परराष्ट्र मामिला विभागको सदस्य थिइन् र उनले राजीनामा दिएको चर्चा छ।
  • यस विषयमा उषा भण्डारीसँग सम्पर्क हुन सकेन र उनी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष हुन्।

काठमाडौँ । नेकपा एमालेका सचिव तथा परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले विभागबाट राजीनामा दिएकोबारे आफूलाई थाहा नभएको बताएका छन् । 

उषाकिरण नेकपा एमाले परराष्ट्र मामिला विभागको सदस्य रहेकी थिइन् । उषाले केही दिनअघि विभागको सदस्यबाट राजीनामा दिएको चर्चा भइरहे पनि एमाले परराष्ट्र विभागले भने त्यसबारे अनविज्ञता प्रकट गरेको हो । 

सोमबार दिउँसो रातोपाटीसँग कुरा गर्दै महासेठले भने– ‘राजीनामा दिएको थाहा छैन ।’ उनले राजीनामा आएको भए आफूलाई थाहा हुनुपर्ने भन्दै अहिलेसम्म जानकारीमा नआएको बताए । यसबारे भण्डारीसँग फोन सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन । 

भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष छन् । गत साउन ९ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता कायम भएको भन्दै पत्रकार सम्मेलन गरेर सक्रिय राजनीतिमा आउने बताए पनि एमालेले उनको पार्टी सदस्यता खारेज गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप