सवारी दुर्घटनामा एक युवकको मृत्यु, दम्पती घाइते
सारांश
- सप्तरीको शम्भुनाथ नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
- टेम्पु रिक्सा र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका दम्पतीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
राजविराज । सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पती घाइते भएका छन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीयका अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका–८ पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उनकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण