टाटा ईभी अटो कार्निभल : माल्दिभ्स भ्रमणको अवसर
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै “टाटा ईभी अटो कार्निभल” आयोजना गरेको छ। यो विशेष अफर नेपालभरका टाटा शोरुममा लागू रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर टाटा ब्रान्डका अत्याधुनिक विद्युतीय मोडेलहरू – टियागो ईभी, कर्भ ईभी, नेक्सन के ३ ईभी र पन्च ईभी — खरिद गर्न सकिनेछ।
ग्राहकले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सुविधा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा पाउनेछन्। साथै, शोरुममा प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारसमेत प्रदान गरिनेछ।
कर्निभलको बम्पर पुरस्कार अन्तर्गत एक भाग्यशाली ग्राहकले जोडीसहित माल्दिभ्स भ्रमण जित्ने अवसर पाउनेछन्। सिप्रदी ट्रेडिङले इच्छुक ग्राहकलाई समयमै नजिकको टाटा शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण