चीनमा बेचेको चिपको १५ प्रतिशत अमेरिकालाई बुझाउन तयार भए यी दुई कम्पनी
सारांश
- अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया र एएमडीले चीनमा चिप बेचेर हुने आम्दानीको १५ प्रतिशत अमेरिका सरकारलाई बुझाउन तयार भएका छन्।
- अमेरिकाले चीनलाई शक्तिशाली चिप बेच्न प्रतिबन्ध लगाएको थियो, जसले कृत्रिम बौद्धिकतामा प्रयोग हुने चिपहरूलाई असर गर्यो।
- एनभिडियाले चीनको एआई क्षमता बढ्ने चिन्ताका कारण एच२० चिप निर्यातमा रोक लगाएको थियो।
वासिङ्टन डिसी । अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया र एएमडी चीनमा चिप बेचेर हुने आम्दानीको १५ प्रतिशत अमेरिका सरकारलाई बुझाउन तयार भएका छन् । चीनमा विक्री लाइसेन्स पाउन कम्पनीहरू यो कदम चाल्न तयार भएका हुन् ।
अमेरिकाले यसअघि कृत्रिम बौद्धिकतालगायत क्षेत्रमा प्रयोग हुने शक्तिशाली चिप चीनलाई बेच्नबाट घरेलु कम्पनीहरूलाई निषेध गरेको थियो ।
राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तातर्फ औँल्याउँदै यस अघि अमेरिकाले यी वस्तुको निर्यातमा नियन्त्रण गरेको थियो । एनभिडियाको ए२० चिप चीनको एआई क्षमता बढ्नुको कारण हुन सक्ने सुरक्षा विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । विश्व बजारमा आफ्नो सहभागीताका लागि सरकारले तय गरेको नियमको पालना गर्ने एनभिडियाले बीबीसीसँगको कुराकानीमा भनेको थियो । महिनौँसम्म कम्पनीले चीनतर्फ एच२० चिप नपठाएको भएपनि निर्यात नियन्त्रण गर्ने नियमले चीन र विश्वभरि अमेरिकालाई प्रतिस्पर्धा गर्न अनुमति दिने आशा आफ्नो रहेको पनि कम्पनीको भनाइ छ ।
यस मामिलामा बीबीसीले सोधेको प्रश्नमा एएमडीले भने तत्कालै कुनै प्रतिक्रिया नदिएको बताइएको छ । यस विषयमा ह्वाइट हाउसले पनि कुनै टिप्पणी गरेको छैन । सम्झौता अन्तर्गत चीनमा एच२० चिप बेचेर हुने आम्दानीको १५ प्रतिशत एनभिडियाले अमेरिका सरकारलाई दिनेछ । कम्पनीले यो चिप चिनियाँ बजारकै लागि भनेर बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण