रवि लामिछानेको निवेदनमा सुनुवाइ सकियो, आदेश लेखिँदै
सारांश
- रास्वपा सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन्।
- जिल्ला अदालत रुपन्देहीमा बहस सकिएपछि आदेश लेख्ने काम भइरहेको छ।
- लामिछाने सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।
बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएसँगै आदेश लेख्ने काम भइरहेको छ ।
सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएसँगै अहिले आदेश लेख्न सुरु भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले रातोपाटीलाई जानकारी दिए । उनले भने, ' हामी तल कुरिरहेका छौँ, माथि आदेश लेख्न काम भइरहेको छ ।'
लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।
त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । अहिले लामिछानेले फेरि आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते निवेदन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण