नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाख अवलोकन गरेका छन् ।
६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको अध्यक्षले दाबी गरिन् ।
नाइमाले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उल्लेख्य रूपमा अवलोकनकर्ताको सहभागिता जनाएका हुन् ।त्यस्तै एक्स्पोमा कम्पनीहरूले गाडी खरिदमा अफरै–अफर दिएपछि बुकिङ पनि राम्रो भएको कम्पनीहरूले जनाएका छन् ।
पहिलो प्रयासमै नाइमाले १ लाख अवलोकनकर्ता आउँदा नाइमाको सफलता भएको बताइन । एक्स्पोमा ५० भन्दा बढी कम्पनीको सहभागिता भएर ३५ सवारी साधनको लन्च भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण