राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त
मङ्गलबार, २७ साउन २०८२, ०२ : २९
सारांश
- पत्रकार सन्दीप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन्।
- सोमबार मन्त्रिपरिषद्को बैठकले राईलाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो।
- राई पत्रकारितामा दुई दशकदेखि सक्रिय छन् र उनी पाँचथरका स्थायी बासिन्दा हुन्।
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकको रूपमा पनि काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण