पुटिनलाई भेट्नुअघि भारतको रुसी तेल खरिदबारे यसो भन्छन् ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच चाँडै भेटवार्ता हुने भएको छ।
- ट्रम्पले भारतको रुसी तेल खरिद र रुसबारे प्रतिक्रिया दिँदै यसबारे टिप्पणी गरेका छन्।
- ट्रम्पले रुसबाट तेल किन्नेलाई कर लगाउने चेतावनी दिएका छन् र युद्धविरामको सम्झौता खोजिरहेका छन्।
वासिङ्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच छिटै भेटवार्ता हुँदैछ । यो भेटअघि ट्रम्पले भारतको रुसी तेल खरिद र रुसबारे प्रतिक्रिया दिएका छन् ।
रुसबाट तेल खरिद नरोकेको मामिलामा भारतबाट आउने सामानमा अमेरिकी भन्सारमा लगाइएको अतिरिक्त महसुलले रुसको अर्थतन्त्रमा असर पर्ने ट्रम्पको भनाइ छ ।
‘रुसको अर्थतन्त्र राम्रो अवस्थामा छैन । यो निकै प्रभावित भइरहेको छ । त्यतिबेला त उसलाई अझ धेरै अप्ठ्यारो हुन्थ्यो, जतिबेला अमेरिकाका राष्ट्रपतिले रुसको सबैभन्दा ठुलो वा दोस्रो ठुलो तेल खरिदकर्तालाई भन्थे कि यदि तिमीले रुससँग तेल किनिरह्याैँ भने हामी तिमीमाथि ५० प्रतिशत कर लगाउँनेछौं । यो उनीहरूको लागि ठुलो झट्का हो ।’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने ।
‘म त योभन्दा पनि धेरै ठुला कदम चाल्न पूर्ण रूपमा तयार थिएँ । तर मलाई फोन आयो कि उनी (पुटिन) मसँग भेट्न चाहन्छन् र म यो हेर्नेछु कि उनी के कुराका लागि मसँग भेट्न खोजिरहेका छन् । म युद्धविराम भएको हेर्न चाहन्छु । म त एउटा यस्तो सम्झौता भएको हेर्न चाहन्छु, जुन दुवै पक्षका लागि होस् ।’ अझ अगाडि ट्रम्पले भने । ट्रम्प र पुटिन अगस्ट १५ मा अमेरिकाको अलास्कामा भेट्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण