बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युवाहरूको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी

मङ्गलबार, २७ साउन २०८२, १३ : १४
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवाको नेतृत्व विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए।
  • अन्तर्राष्ट्रिय युवा दिवसमा बोल्दै मन्त्री चौधरीले युवामैत्री लगानीको वातावरण बनाउने कुरा व्यक्त गरे।
  • मन्त्रीका अनुसार, युवाहरू इतिहासका साहसी, वर्तमानका साझेदार र भविष्यका संरक्षक हुन्।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले युवामैत्री लगानीको वातावरण, नवप्रवर्द्धन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति र कानुनी संरचना तयार गरी युवाहरूको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत रहेको पनि बताएका हुन् । 

कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरूले कठिन परिस्थितिमा पनि नवप्रवर्द्धनप्रति रुचि देखाएको उनको भनाई छ । चौधरीले महामारीका चुनौती, प्राकृतिक प्रकोपको समयमा जलवायु परिवर्तनको विरोधमा चेतनामूलक अभियान, प्रविधि आधारित नयाँ आविष्कार लगायतका विषयमा युवाहरूको सङ्कल्प, सहभागिता उच्च सम्मानयोग्य रहेको उहाँले बताए । 

उनले भने, ‘नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठुला ठुला परिवर्तन भएको हामीले अनुभव गर्न पाएका छौँ । तसर्थ युवाहरू इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक हुन् ।’

सरकारले ‘समृद्ध राष्ट्र निर्माणको लागी स्वस्थ, कर्मठ र उद्यमी युवा हुनुपर्छ’भन्ने मूल मन्त्र आत्मसाथ गरेको पनि उनले जिकिर गरे । मन्त्री चौधरीले समृद्ध देश निर्माण र युवा जनशक्ति परिचालनको लागी सबैको सहकार्य आवश्यक रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप