उपचारका क्रममा कैदीको मृत्यु, नारायणी अस्पतालको अवस्था तनावग्रस्त
सारांश
- वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ।
- मृतक कैदी राहुल साह कर्तव्य ज्यान मुद्दामा ३ वर्षदेखि जेल सजाय काट्दै थिए।
- कैदीको मृत्युपछि आफन्तले अस्पताल प्रशासन र जेल प्रशासनमाथि लापरबाहीको आरोप लगाएका छन्।
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एकजना कैदीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-२५ को घर भएका कैदी राहुल साहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रमुख गौतम मिश्रले जानकारी दिएका हुन् ।
मिश्रका अनुसार बिहान वीरगन्ज कारागारमा व्यायाम गरिरहेका बेला साहको स्वास्थ्य समस्या आएको थियो । ‘उनलाई तत्कालै अस्पतालमा लगियो, तर त्यहाँ उनको मृत्यु भयो,’ उनले भने ।
मृतक साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय काट्दै आएका थिए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्षको सजायको फैसला रहेको पर्सा प्रहरीले जनाएको छ ।
यता उपचारका क्रममा साहको मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको भन्दै मृतकका आफन्तहरूको आरोप छ। घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण