फरक परिस्थितमा बनेकाले यो सरकारको औचित्य पुष्टि गर्न प्रतिबद्ध छौँ – मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फरक परिस्थितिमा सरकार बनेकाले कामबाट औचित्य पुष्टि गर्नुपर्ने भएको र त्यसमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भाषणबाट नभएर कर्ममा विश्वास गरेर नागरिकको हितमा काम गर्ने बताए ।
बागमती प्रदेशसभाको मंगलबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री बानियाँले सरकारले चालु आर्थिक वर्षको बजेट पारितका क्रममा संसदले पास गरेको संकल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा सरकारले निर्णय गरेर अघि बढेको बताए ।
बजेटलाई व्यवस्थित र उपलब्धीमूलक बनाउन थप भएका बजेट कार्यक्रमलाई बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने निर्देशन दिइएको उनको भनाइ छ ।
असार खर्चको अन्त्य, राजस्वको दायरा वृद्धि गरी न्यायमुखी जनमैत्री भ्रष्टाचाररहति सरकार निर्माण सरकारको प्राथमिकता रहेको उनले बताए । प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन अपरिहार्य रहेको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण