कृषि, पर्यटन, उद्योगबाट स्थानीय आय बढाउनेछौँ : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार गाइजात्रा नदेखाएर इन्द्रयात्राको लयमा अघि बढेको बताएका छन् ।
नागरिकप्रति उत्तरदायी रहने प्रतिबद्धता सहित विकास र रोजगारीका लागि इन्द्रयात्रामा जनातासँगै सरकार रहने उनले बताए ।
उक्त बैठक बाल्दै मुख्यमन्त्री बानियाँले सरकारमा बस्ने निर्णयकर्ता मात्रै नभएर जनताको आवाज सुन्ने र जनताको प्राथमिकता दिने नीति रहने बताए ।
उनका अनुसार प्रदेशको बजेट, योजना र कानुन जनता सहभागी हुने पारदर्शी प्रक्रियाबाट तय हुनेछ । समृद्ध बागमती प्रदेशको आधार बलियो आर्थिक स्वावलम्बन बनाउनु सरकारको जिम्मेवारी रहेको उनले बताए ।
‘कृषि, पर्यटन, उद्योगबाट स्थानीय आय बढाउनेछौँ । सीपमूलक तालिम र रोजगार कार्यक्रम विस्तार गर्नेछौँ । प्रदेशको स्रोतसाधनको उच्चतम सदुपयोग गरेर राजश्व वृद्धि गर्नेछौँ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उद्यमशीलता मार्फत प्रदेशमा नै अवसर दिनेछौँ ।’ उनले भने, ‘सरकार जनतामाथि हैन, जनताभित्र हुनेछ । सरकार कागजको फाइलमा मात्रै हैन, किसानको खेतमा, मजदुरको पसिनामा, विद्यार्थीको कलममा सेवा पुग्नेछ । हामी जनताको ढोका ढकढक्याएर सेवा दिने सरकार बनाउनेछौँ ।’
सरकार न्यायमुखी भएर प्रदेशमा कुनै नागरिकको अधिकार कुण्ठित हुने अवस्थाको अन्त्य गर्ने उनले बताए । धनी, गरिब, सहर गाउँ, जातजाति, भाषा संस्कृति सबैको हक समान हुने र न्याय ढिलो हैन समयमै दिने प्रणाली हामीले सुनिश्चित गर्नेमा प्रतिबद्ध रहेको उनको भनाई छ ।
सरकार विकास केवल सडक र भवन मात्रै नभई रोजगारी सिर्जना, सीप, स्वच्छ वातावरण, आधुनिक कृषि, गुणस्तरीय शिक्षा र गरिब नागरिकलाई निःशुल्क स्वास्थ्यमा सरकारको ध्यान पुग्ने उनले बताए । विकासको फाइदा सहरमा मात्रै हैन दुर्गम गाउँको आँगनसम्म महसुस गर्ने गरी पुर्याइने उनले बताए ।
विपतका कारण प्रदेशमा जनधनको क्षति भएका विगतका संरचनाहरूलाई पुनर्निर्माण द्रुतगतिमा गर्ने, वर्षाको समय भएकोले थप विपत् जोखिम हुनसक्ने सम्भावनालाई नियन्त्रण गर्ने सरकारको चुनौतीहरूका रूपमा रहेको मुख्यमन्त्री बानियाँले बताए ।
स्थानीय तह र सङ्घीय तहको सम्बन्ध सोचे जस्तो बलियो हुन नसकेको अवस्थामा सरकारले नियमितरुपमा संविधानको दायराभित्र रहेर सङ्घ र स्थानीय तहसँग आ–आफ्ना एकल अधिकार र साझा अधिकारका विषयमा गहन छलफल गर्ने कार्य अगाडी बढाउने उनको भनाई छ ।
सरकारले विकासको गति बढाउँदै सामाजिक अराजकता र नकारात्मक सोचलाई सकारात्मक सोचमा परिवर्तन गराउन प्रयत्नरत रहेको उनले बताए ।
भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी र जवाफदेही नमुना बागमती सरकार चलाउन प्रदेशसभाको समर्थन आवश्यक रहेको उनले बताए ।
आजकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासकाे मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण