बीएलए र मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सूचीमा राख्ने अमेरिकी निर्णय स्वागतयाेग्य : पाकिस्तान
मङ्गलबार, २७ साउन २०८२, २१ : २१
काठमाडौँ । बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) र द मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गर्ने अमेरिकाको फैसला पाकिस्तानले स्वागत गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोष्ट गर्दै पाकिस्तानले २०२४ को जुलाई १८ देखि नै मजिद ब्रिगेडलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको बताएको छ ।
‘बीएलए र मजिद ब्रिगेड पाकिस्तानमा भएका अन्य आतङ्कवादी आक्रमणहरूमा पनि संलग्न छन्, जसमा जाफर एक्सप्रेस आक्रमण र खुजदार बस आक्रमण पनि समावेश छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि अमेरिकाले सोमबार बीएलए र द मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो । २०१९ मा कयौँ चरमपन्थी आक्रमणहरू पछि, अमेरिकाले बीएलएलाई ‘विशेष रूपमा मनोनीत विश्वव्यापी आतङ्कवादी’ सङ्गठनको श्रेणीमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण