लिग अनिश्चित हुँदा खेलाडी पलायन बढेको भन्दै एन्फालाई ज्ञापनपत्र
काठमाडौँ । नेपाल फुटबल खेलाडी सङ्घले घरेलु फुटबलमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग लामो समयदेखि आयोजना नभएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को गम्भीर ध्यानाकर्षण गराएको छ ।
सङ्घले नेपाली फुटबललाई चलायमान राख्न नेपाली घरेलु लिगहरू निरन्तरता हुनुपर्ने माग गर्दै मंगलबार एन्फाका महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएको हो ।
सङ्घले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ए’ डिभिजन लिग सम्पन्न भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि अर्को सिजनबारे अन्योलता कायम छ । यसै कारण खेलाडीहरू र हाम्रो देश भित्रको फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको छ ।’
लिग फुटबलको अभावले खेलाडी, प्रशिक्षक, रेफ्री लगायत फुटबलमा आश्रित हजारौँको जीविकोपार्जनमा गम्भीर असर परेको सङ्घको भनाइ छ । फुटबल गतिविधि नहुँदा धेरै खेलाडीहरू आर्थिक गुजाराका लागि विदेशिन बाध्य भएको भन्दै सङ्घले यसले राष्ट्रिय फुटबललाई दीर्घकालीन क्षति पुर्याउने चेतावनी दिएको छ ।
खेलाडी सङ्घले एन्फालाई तत्काल सबै श्रेणीका क्लबहरूसँग समन्वय गरी फुटबल लिगको क्यालेन्डर अनुसार काम अघि बढाउन आग्रह गरेको छ ।
लिगको पुनर्जीवनले खेलाडीलाई मात्र नभई फुटबलसँग जोडिएका सबै पक्षलाई आर्थिक सुरक्षा र स्थिरता प्रदान गर्ने विश्वास सङ्घले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण