आफैँ संरक्षक रहेको फाउन्डेसन प्रति ओलीको शङ्का, ९ वर्षपछि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
सारांश
- इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको योजना ९ वर्षपछि फेरि सुरु भएको छ, र असोज १ गतेदेखि अनिवार्य गरिएको छ।
- रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन्, ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा चलखेलको आरोप लागेको थियो।
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन्, जसमा ६३ मत प्राप्त भयो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. इम्बोस्ड नम्बर प्लेट
महँगो शुल्कको जगमा उभिएको विवादित इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको योजना नौ वर्षपछि पुनः बिउँतिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि यस्तो व्यवस्था अनिवार्य गरिसकेको छ ।
२. खतिवडाले दिए राजीनामा
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो ।
३. सशङ्कित भए ओली
‘मदन भण्डारी फाउन्डेसनमार्फत गुटको भेला गरेर तपाईंले पार्टी विभाजनको गतिविधि गर्दै हुनुहुन्छ । यो काम तत्काल रोकियोस्’ तत्कालीन नेकपाकालमा केपी ओली र प्रचण्ड–माधवबिच अन्तरद्वन्द्व बढ्दै जाँदा सचिवालय बैठकमै प्रचण्डले ओलीलाई यसो भनेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको हो ।
५. धरानमा आउने भयो बजेट
निर्धारित कानुनी समयसीमा नाघेको डेढ महिना बितिसक्दा पनि बजेटविहीन बनेको धरान उपमहानगरपालिकामा अन्ततः बजेट निर्माणको प्रक्रिया सुरु हुने भएको छ । मेयर हर्कराज राई (साम्पाङ)ले ऐनमा व्यवस्था नै नभएको ‘अवशिष्ट अधिकार’ प्रयोग गरेर खर्चको बाटो खोल्ने चेतावनी दिएपछि कार्यपालिकामा बहुमतमा रहेका राजनीतिक दलहरू बजेटको प्रक्रिया अघि बढाउन तयार भएका छन् ।
६. कैलाली कारागार
कारागार कार्यालय कैलालीमा भएको ‘विवाद’बारे छानबिन हुँदैछ । साउन २३ गते राति कैदीबन्दीका बिचमा झडप हुँदा धनगढी उपमहानरपालिका–४ घर भएका कैदी भरत चौधरीले ज्यान गुमाए । दुई समूहबिच झडप हुँदा ३७ वर्षीय चौधरीले ज्यान गुमाएका हुन् । उनको शव परिवारले बुझेका छन् ।
७. अमेरिका–भारत ‘ट्यारिफ वार’: नेपालले लाभ लिन सक्ने ठाउँ छ ?
भारत र अमेरिकाबिचको ‘ट्यारिफ युद्ध’ले यतिबेला विश्व व्यापार तातेको छ । विश्वकै पहिलो र चौथो अर्थतन्त्र रहेका यी दुई मुलुकबिच यतिबेला सुरु भएको यो अवस्थाले वैदेशिक व्यापारमा असन्तुलनको अवस्था देखिएको छ । खासगरी भारत यतिबेला अमेरिकाको मुख्य निशानामा परेको देखिन्छ ।
८. एक वर्षे समीक्षा
पछिल्लो समय कर्णालीबाट अग्र्यानिक अदुवा र बेसार तेस्रो मुलुक (जर्मनी) निर्यात हुने गरेको छ । कृषकले उत्पादन गरेको उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको हो ।
९ अनिल झाले छाडे लोसपा
लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको मंगलबार रातोपाटीलाई जानकारी दिए ।
१०. अन्तर्राष्ट्रिय युवा दिवस
‘युवाहरु किन देशमा बस्न चाहिरहेका छैनन् ?’ यो आजको सबैभन्दा पेचिलो र गम्भीर प्रश्न हो । कलेज पढिरहेका हरेक युवालाई भविष्यबारे सोध्यो भने अधिकांशको साझा जवाफ हुन्छ– ‘विदेश जाने’, ‘पैसा कमाउने’, ‘सकेसम्म उतै सेटल हुने’ ।
११. लोकतान्त्रिक मोर्चा
तराई मधेसका सात दलसम्मिलत सङ्घीय लोकतान्त्रिक मोर्चा कमजोर पार्न सत्ता गठबन्धन नै लागेको गठबन्धनमा आबद्ध दलहरूले निष्कर्ष निकालेका छन् । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने तथा २०८४ को आम निर्वाचनमा मोर्चामा रहेका दलहरू एकीकृत भएर अगाडि बढ्ने भएपछि सत्ता गठबन्धन त्यसलाई कमजोर बनाउन लागेको मोर्चामा आबद्ध दलका नेताहरूले आरोप लगाएका हुन् ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण