शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजीनामा दिनुअघि रामहरिले किन सम्झिए किशुनजी ?

मङ्गलबार, २७ साउन २०८२, १७ : १७
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • संघीय निजामती सेवा विधेयकमा 'कुलिङ अफ पिरियड' गडबडीमा सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्।
  • राजीनामा दिँदै उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिए र भीम मल्ल र भीमसेन थापाको प्रसंग उठाए।
  • उनले आमाको नामबाट नागरिकता पाउने विधेयक र 'कुलिङ अफ पिरियड' बारे प्रश्न उठाए।

काठमाडौँ । मंगलबार संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ मा भएको गडबडीका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था सुशासन समितिक सभापति रामहरि खतिवडाले राजीनामा दिए ।  

यस प्रकरण सुरु भएदेखि नै खतिवडा निकै आलोचित बनिरहेका थिए । यसै क्रममा उनले मंगलबार संसद्मा सम्बोधन गर्दै सभापति पदबाट राजीनामा दिए । राजीनामा दिनुअघि सम्बोधन गरेका उनले कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिए । जहाँ उनले पूर्वप्रधानमन्त्री भट्टराईले पदबाट राजीनामा दिएको प्रसंग उठाएका थिए । 

प्रतिनिधिसभाको रोस्टममा खतिवडाले काजी भीम मल्ल र भीमसेन थापाजस्तै आफू पनि 'सिकार' भएको अभिव्यक्ति दिएका थिए ।

‘आजभन्दा २६ वर्ष अगाडि २०५६ साल चैत ३ गते रोस्टममा उभिएर हाम्रा परम आदरणीय नेता कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा बोल्नुभएको अभिव्यक्ति आज मलाई झल्झल्ती याद आएको छ । उहाँले बोलेका भावुक शब्द आज पनि कानमा गुञ्जिरहेका छन् । उहाँले भावुक हुँदै भन्नुभएको थियो–देशभक्ति दण्डित हुने भीम मल्ल, भीमसेन साथाका कथा व्यथाको अभिशब्द इतिहासबाट हामी नेपालीले कहिले छुटकरा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल खेल बिर्सजन र पारदर्शिता प्रदर्शन गर्ने मात्र हो ?’, उनले प्रश्न गरे ।

खतिवडाले आमाका नामबाट नागरिकता पाउने विधेयक पारित गरेको प्रसंग पनि निकाल्दै प्रश्न गरे, 'हाम्रो गल्ती थियो ?' 

कुलिङ अफ पिरियड राख्नुपर्छ भनी आफू नै बढी उभिएको र दण्डित पनि आफैँ भएको उनको गुनासो थियो । 

‘यो विषयमा मेरो कुनै स्वार्थ थिएन । राज्यव्यवस्था समितिका कुनै पनि सदस्यको स्थार्थ थिएन । संवैधानिक संयन्त्र निष्पक्ष दर्बिलो र कसैले प्रश्न उठाउन नसक्ने संस्थाका रूपमा विकसित गर्न हामीले चाहेका थियौँ,' खतिवडाले भने, 'ती संस्थामा राज्यका अथाह लगानी भएको छ । संयन्त्रलाई बलियो बनाए एउटा इँट्टा थप्ने प्रयास थियो । राजनीतिमा कुनै वेला गरेको जस नपाउने र नगरेको अपजस पाउने रहेछ।’

उनले भनिरहे, ‘कृष्णप्रसाद भट्टराईबाट शिक्षित अनुयायी हुँ म । नखाएको विष लाग्दैन । आजको मितिमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर प्रतिवेदन सबैले पढ्नुहोला । त्यसमा मलाई न मुख्य दोषी ठहराइएको छ न राजीनामा उल्लेख गरिएको छ, न प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्छ भनेर सिफारिस गरिएको छ ।

यद्यपि 'जिम्मेवार' भन्ने शब्द प्रयोग गरिएको हुँदा आफूले जिम्मेवारी बोध गर्दै पदबाट हासीहासी राजीनामा दिएको उनले घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप