राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट खतिवडाले दिए राजीनामा
सारांश
- रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन्।
- संघीय निजामती विधेयकमा राखिएको 'कुलिङ अफ पिरियड' सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहराइएको थियो।
- संसद् बैठकमा खतिवडाले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी गरे, साथै आफ्नो कार्यकालका कार्यप्रगति सुनाए।
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिन लागेको उनले स्पष्ट पारे । कृष्ण प्रसाद भट्टराईको उदाहरण दिँदै उनले भने, ‘नखाएको विष लाग्दैन ।’
कुलिङ पिरियडमा सबैको सहमति जुटाउन आफूले सक्दो भूमिका खेलेको भए पनि पछि यसमा छेडखानी गरिएको उनको तर्क थियो । उनले भने, ‘यसमा सबैभन्दा पहिले छानबिनको माग गर्नेमध्ये म थिएँ ।’
संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण