कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो
कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए ।
“बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ”, उनले भने, “स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाउगोठ भत्काइएको हो ।” गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ भत्काउन थालेका हुन् ।
यहाँको बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले पनि बेदकोटमा वडा ४ र १० ले २३ वटा छाउगोठ भत्काएको जानकारी दिए । “हामीले छाउगोठ भत्काएका छौँ तर पुनः छाउगोठ बनाइहाल्छन् कि भन्ने चिन्ता छ”, उनले भने, “छाउगोठ भत्काएका परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौँ ।” उनले छाउगोठ बनाउने समुदायलाई कुरीतिका विषयमा सचेत गराउनुपर्ने जरुरी रहेको बताए ।
कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको बताए । “आज मात्रै हामीले १६ वटा छाउगोठ भत्काएका छौँ”, उनले भने, “अहिले यहाँका नागरिक सचेत भएका छन् । पहिला जस्तो अवरोध भएको छैन ।”
गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान चलाए पनि केही स्थानीयले अवरोध गरेपछि रोकिएको थियो । असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र रु १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण